अपि पावरले आफ्नो सहायक कम्पनी दार्चुला पावरमा ७३ करोड रुपैयाँ लगानी गर्ने भएको छ।
कम्पनीको पुस १० गते बसेको सञ्चालक समितिको बसेको बैठकले दार्चुला पावरमा स्वपुँजी १ अर्ब ४१ करोड ५२ लाख रुपैयाँको ५१.५८ प्रतिशतले हुन आउने ७३ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको हो।
यसअघि, कम्पनीको २१ औं वार्षिक साधारणसभाले सञ्चालक समितिलाई दार्चुला पावरमा लगानीको प्रक्रिया अघि बढाउने अख्तियारी प्रदान गरेको थियो।
दार्चुला पावरको प्रवर्द्धनमा, अपी पावरले दार्चुला जिल्लाको मार्मा गाउँपालिकामा २८.३०४ मेगावाट विद्युत उत्पादन क्षमताको रहेको मध्य चमेलिया जलविद्युत आयोजना निर्माणका लागि यो लगानी गरेको हो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस