कैलाश हेलिकप्टर सर्भिसेसले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीलाई करसहित २० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। पुस ७ गते सम्पन्न सञ्चालक समितिको बैठकमा यो प्रस्ताव स्वीकृत गरिएको हो।
कम्पनीले प्रिमियम मूल्यमा आईपीओ जारी गर्दै सर्वसाधारणलाई सेयर उपलब्ध गराउने योजना पनि अघि सारेको छ। यी प्रस्तावहरू अनुमोदन गर्न कम्पनीले पुस २९ गते, दिउँसो साढे ३ बजे आफ्नो दोस्रो वार्षिक साधारण सभा आयोजना गर्नेछ।
सभामा आर्थिक वर्ष २०८०/८१ का लागि सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, र आगामी आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण जस्ता विषयमा छलफल हुनेछ।
साथै, कम्पनीको नियमावली र प्रवन्धपत्रमा संशोधन गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि सभामा पेस गरिनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस