Like us!
Follow us!
Connect us!
Watch us!

दक्षिण कोरियाको मुआन विमानस्थलमा विमान दुर्घटना: २८ जनाको मृत्यु पुष्टि

अर्थ संसार

आइतबार, १४ पुस २०८१, ०८ : ४५ मा प्रकाशित

दक्षिण कोरियाको मुआन विमानस्थलमा विमान दुर्घटना: २८ जनाको मृत्यु पुष्टि

दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा जेजु एयरको विमान ल्यान्डिङका क्रममा चिप्लिएर दुर्घटनाग्रस्त भएको छ। विमानमा सवार १८१ यात्रु र चालक दलका सदस्यमध्ये २८ जनाको मृत्यु भएको पुष्टि भएको छ।

यो घटना स्थानीय समयअनुसार बिहान ९:०७ मा भएको हो। बैंककबाट फर्किंदै गरेको विमान धावनमार्गमा चिप्लिएपछि आगलागी भएको थियो। विमानमा १७५ यात्री र ६ चालक दलका सदस्य थिए। यात्रुमध्ये दुई जना थाइल्याण्डका नागरिक थिए भने अन्य सबै दक्षिण कोरियाका थिए।

दुर्घटनास्थलमा उद्धार कार्य जारी छ, जसमा दुई जनालाई जीवितै बाहिर निकालिएको छ। घटनास्थल राजधानी सियोलदेखि २८८ किलोमिटर दक्षिणपश्चिममा रहेको छ। घटनाको थप अनुसन्धान भइरहेको बताइएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको