Like us!
Follow us!
Connect us!
Watch us!

यो सरकार असफल भए देश अराजकतातिर जान्छ : शेखर कोइराला

अर्थ संसार

आइतबार, १४ पुस २०८१, १२ : ४९ मा प्रकाशित

यो सरकार असफल भए देश अराजकतातिर जान्छ : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार राजनीतिक स्थायित्वका निम्ति बनेको बताएका छन् ।

आइतबार बिहान जनकपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कोइरालाले यस्तो बताएका हुन्।

उनले पटक पटक सरकार बदलिँदा विकासका काममा बाधा परेकाले अहिलेको सरकार विकासलाई गति दिनका लागि बनेको बताए ।

सुशासन स्थापित गर्न, भ्रष्टाचार नियन्त्रण गर्नका लागि अहिलेको सरकार बनेको उनले बताए ।  संविधानमा केही सुधारहरू गर्नका लागि पनि अहिलेको सरकार बनेको र एक हप्ता यता कांग्रेस र एमालेबिच सक्रियतापूर्वक काम भइरहेको नेता कोइरालाको भनाई छ  । 
उनले संविधान संशोधन गर्दा सबै राजनीतिक दलहरूसँग समन्वय गरेर संशोधन गरिने बताए ।

कोइरालाले यो सरकारलाई असफल हुने छुट नरहेको बताए । अहिलेको सरकार असफल भए देश अराजकतातिर जाने भन्दै उनले देश अराजकतातिर जान नदिन सबै गम्भीर हुनुपर्ने बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको