सुपरमाई हाइड्रोपावर लिमिटेडले मंसिर २८ गते सम्पन्न साधारणसभाको निर्णय अनुसार ५.६३१ प्रतिशत नगद लाभांश (करसहित) सम्बन्धित सेयरधनीको बैंक खातामा जम्मा गरेको छ। कम्पनीले कात्तिक १६ गतेसम्म कायम सेयरधनीको बैंक खातामा नगद लाभांश पठाएको हो।
हालसम्म सेयर अभौतिकीकरण नगरेका र डिम्याट खातामा बैंक खाता अद्यावधिक नगरेका सेयरधनीलाई सेयर अभौतिकीकरण गर्न र बैंक खाता अद्यावधिक गर्न आग्रह गरिएको छ। मंसिर १६ सम्म धितो बन्धक राखेर कर्जा लिएका सेयरधनीको लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट एनओसी पत्र प्राप्त भएपछि र कर्जा चुक्ता गरेका सेयरधनीको फुकुवा पत्र प्राप्त भएपछि मात्र लाभांश बैंक खातामा पठाइने जनाइएको छ।
सुपरमाई हाइड्रोपावर लिमिटेडको सेयर रजिष्ट्रार आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। सेयरधनीले लाभांश प्राप्त गर्न आवश्यक प्रक्रिया पूरा गर्न कम्पनीले अनुरोध गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस