Like us!
Follow us!
Connect us!
Watch us!

सुपरमाई हाइड्रोपावरको आईपीओ : स्थानीयलाई समय थप, वैदेशिक रोजगारीमा गएकाले आजसम्म आवेदन दिन सक्ने

अर्थ संसार

बुधबार, ०६ पुस २०७९, ०८ : ५६ मा प्रकाशित

सुपरमाई हाइड्रोपावरको आईपीओ : स्थानीयलाई समय थप, वैदेशिक रोजगारीमा गएकाले आजसम्म आवेदन दिन सक्ने

सुपरमाई हाइड्रोपावर लिमिटेडले मंसिर २१ गतेदेखि स्थानीय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला आईपीओमा आवेदन दिने म्याद थप गरेको छ।

अब आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले पुस २१ गतेसम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारमा भएका नेपालीहरुका लागि निष्काशन गरेको शेयरमा भने आवेदन दिने आज पुस ६ गते अन्तिम दिन रहेको छ।

कम्पनीले आफ्नो जारी पूँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको हो भने ५० हजार कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय वासिन्दाहरु ९अति प्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिका ९बरबोटे० ५, सुम्बेक २ र माईजोगमाई गाँउपालिका ५ सोयाँङ्गका स्थानिय बासिन्दाहरुका लागि ४० प्रतिशत अर्थात २ लाख कित्ता र आयोजना प्रभावित क्षेत्र बाहेक इलाम जिल्लाको अन्य क्षेत्रमा बसोवास गर्ने स्थानिय बासिन्दाहरुको लागि ६० प्रतिशत अर्थात ३ लाख कित्ता शेयर बाँडफाँट गरिनेछ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले गुडविल फाइनान्स, माछापुच्छ्रे बैंक, सानिमा बैंकका तोकिएका शाखा कार्यालय र सुपरमाई हाइड्रोपावर लिमिटेडको कार्यालयबाट आवेदन दिन सक्नेछ।

त्यसैगरी, वैदेशिक रोजगारमा रहेको नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको