ऊर्जा,जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले पैसा नहुने मानिसहरुले स्रोत माथिको अधिकार प्राप्त गर्न नसक्ने अवस्था रहेको भन्दै प्रत्येक घरधुरीमा एक आयोजनामा ५ लाख सम्मको सहुलियतमा ऋण दिएर सेयर पाउने व्यवस्था गर्न बताएका छन।
'प्रत्येक घरधुरीमा एक आयोजनामा २ देखि ५ लाखसम्मको सेयर दिनुपर्छ, त्यति सेयर पायो भने गरिबीको रेखाबाट माथि उठ्न सकिन्छ, त्यसको लागि सरकारले त्यसको रकम उपलब्ध गराउनुपर्छ,' उनले भने।
मन्त्री खडकाले जलविद्युत उत्पादन गर्दा १० प्रतिशत सेयर आयोजना प्रभावित क्षेत्रलाई दिने विषय कार्यान्वयन भएको तर सेयर किन्ने बेलामा पैसा हुनेले मात्रै प्राप्त गर्ने अवस्था रहेको दाबी गरे ।
ऊर्जा क्षेत्रको विकासले मात्रै मुलुकमा आर्थिक समृद्धि ल्याउनसक्ने दाबी गरेका छन् । ऊर्जामन्त्री खड्काले नेपालमा जलविद्युत उत्पादनको प्रचुर सम्भावना रहेको भन्दै नेपालमा ऊर्जा क्षेत्रको विकासले आर्थिक समृद्धि ल्याउनसक्ने दाबी गरे ।
मन्त्री खड्काले ऊर्जा क्षेत्रको विकास गरेर मुलुकमा आर्थिक समृद्धि ल्याउन सम्भव रहेको उल्लेख गरे । उनले आगामी १० वर्षमा २८ हजार ५ सय मेगावट विद्युत उत्पादन गर्ने र आन्तरिक खपतको लागि जोड दिँदै बाँकी रहेको विद्युत निर्यात गर्ने लक्ष्य राखेको बताए ।
उक्त लक्ष्य पूरा गर्न नीतिगत र संरचनामा सुधार गर्नुपर्ने बताए । उनले भारतसँग विद्युत विक्री गर्ने सम्झौता गरेसँगै यो वर्ष साढे ९ सय मेगावटसम्म विक्री गर्न सफल भएको बताए । उनले भारतमा विद्युत व्यापार वृद्धि हुँदा भारतसँगको व्यापार घाटा कम भएको बताए ।
उनले विगतमा विद्युत निर्यातमा १३ अर्ब जति रकम भारतलाई तिर्ने गरेको भएपनि यो वर्ष १० अर्ब बढी नाफामा रहेको बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस