Like us!
Follow us!
Connect us!
Watch us!

संविधानभन्दा माथि बसेर काम गर्न खोज्ने कर्मचारीलाई लगाम लगाउनु सरकारको दायित्व हो - मन्त्री खड्का

अर्थ संसार

विहीबार, १४ चैत्र २०८१, १५ : १८ मा प्रकाशित

संविधानभन्दा माथि बसेर काम गर्न खोज्ने कर्मचारीलाई लगाम लगाउनु सरकारको दायित्व हो  - मन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले संविधानभन्दा माथि बसेर काम गर्न खोज्ने कर्मचारीलाई लगाम लगाउनु सरकारको दायित्व भएको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खड्काले यस्तो बताएका हुन् । 

मन्त्री खड्काले कर्मचारीबीच प्रचारबाजी गरेर स्थापित हुने होडबाजी चलिरहेको भन्दै सरकार त्यसप्रति सचेत रहेको बताए।

उनले काम नगरी मिडियाबाजी गरेर अगाडि बढ्न खोज्ने प्रवृत्तिलाई सरकारले रोक्ने चेतावनी दिए।

उनले भने, ‘कानूनभन्दा माथि बसेर, संविधानभन्दा माथि बसेर काम गर्न खोज्नु हुँदैन। त्यो चाहिँ स्वच्छाचारी हुन्छ। यो व्याप्त छ अहिले। हामी सबैले आफूलाई भयंकर स्थापित गर्नुछ, प्रचारबाजी गर्नुछ, मिडियाबाजी गर्नुछ। कर्मचारी साथीहरूलाई पनि हेर्छु म— को चाहिँ बढी प्रचारबाजी गरेर स्थापित हुने भन्ने प्रतिस्पर्धा चलेको छ। यसले समाजलाई कहीं पुर्याउँदैन। साँच्चै काम गरेर को स्थापित हुने भन्ने कुरामा प्रतिस्पर्धा गरौं, मेरो आग्रह छ। यदि त्यसो भएन भने लगाम लगाउनुपर्ने, ठिक ठाउँमा राख्नुपर्ने सरकारको दायित्व हुन्छ। काम सबै मिलेरै गर्ने हो तर अनुशासित, मर्यादित भई कानूनभित्र बसेर काम गर्ने हो। यसमा तपाईंहरूको पनि ध्यान जाओस्।'

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको