Like us!
Follow us!
Connect us!
Watch us!

उद्योगको लाइन काट्ने कुरा समस्याको समाधान होइन : ऊर्जामन्त्री खड्का

अर्थ संसार

बुधबार, ०३ पुस २०८१, १७ : ५८ मा प्रकाशित

उद्योगको लाइन काट्ने कुरा समस्याको समाधान होइन : ऊर्जामन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उद्योगको लाइन काट्ने कुरा समस्याको समाधान नभएको बताएका छन् ।

बुधबार औद्योगिक व्यापार मेला बुटवल –२०८१ को उद्घाटन गर्दै मन्त्री खड्काले यस्तो बताएका हुन् । सरकारले जुनसुकै बाटो अपनाएर पनि महसुल उठाउन सक्ने भन्दै उनले लाइन काटेर समस्याको समाधान नहुने उल्लेख गरे । 

उनले भने,'लाइन काट्ने कुरा समस्याको समाधान होइन । यदि महसुल उठाउनुपर्ने कुरा हो भने उठाउनका लागि सरकारले जुनसुकै बाटो अपनाएर पनि उठाउन सक्छ । म खाली के आग्रह गर्न चाहन्छु भने व्यवसायीहरूमा इमान्दारिताको आवश्यकता छ । १० वर्षदेखि किन यो विषय थाँती रह्यो । आज मुलुकमा चर्चाको विषय छ । जम्माजम्मी कुरा हो, उपभोग गरेको कुरा तिर्नपर्ने । बिल लिने, तिर्ने । जम्मा यति सानो विषय १० वर्षदेखि थाँती रहेर राष्ट्रिय विषय बन्यो । सदनमा चर्चा चल्यो । अचम्म लाग्छ मलाई,प्राधिकरणको समस्या के हुन्, यसको छानबिन गर्न मन्त्रालयले कमिटी नै गठन गरेको छ ।' 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको