राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलगायत प्रतिवादी रहेको सूर्यदर्शन सहकारी ठगी मुद्दाको थुनछेक बहस आज (बुधबार) पनि जारी रहनेछ। मंगलबार पक्राउ परेका ७ जनाको वयान सकिएपछि थुनछेक वहस सुरु भएको थियो ।
कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा मंगलबार सुरु थुनछेक बहसको पहिलो दिन सरकारी वकिलका तर्फबाट सहन्यायाधिवक्ता सुजाता पौडेल र शान्तिदेवी शर्माले बहस गरे। तर शर्माको बहस नसकिएकाले आज पनि त्यसैलाई निरन्तरता दिन लागिएको जिल्ला सरकारी वकिल कार्यालयले जानकारी दिएको छ।
आरोपीहरूविरूद्ध जिल्ला सरकारी वकिलको कार्यालयले पुस ७ गते अदालतमा मुद्दा दायर गरेको थियो । उनीहरूविरूद्ध सरकारी वकिलको कार्यालयले पुस ५ गते सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको पनि थप अभियोग दर्ता गरेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस