Like us!
Follow us!
Connect us!
Watch us!

सुप्रिम सहकारी ठगी प्रकरण : रविको थुनछेक बहस जारी

अर्थ संसार

आइतबार, १३ माघ २०८१, १२ : २२ मा प्रकाशित

सुप्रिम सहकारी ठगी प्रकरण : रविको थुनछेक बहस जारी

पूर्वगृहमन्त्री रवि लामिछानेको थुनछेक बहस आज आइतबार पनि हुँदैछ। बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी र संठगित अपराधको मुद्दामा उनीविरुद्ध रूपन्देही जिल्ला अदालतमा थुनछेक बहस भइरहेको छ।

गत बुधबारबाट जारी थुनछेक बहसमा आज प्रतिवादीका तर्फबाट वकिलहरूको बहस जारी भइरहेको छ ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि लामिछाने गत बुधबार रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका थिए ।न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधबार दिनभर बयान भएको थियो भने बिहीबारबाट थुनछेक बहस भइरहेको छ ।

बिहीबार ८ जना सरकारी वकिलहरूले बहस गरेका थिए । शुक्रबार सुरुमा जाहेरवालाका तर्फबाट वकिलहरूको बहस भएको थियो । त्यसपछि प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुशिल पन्त र सुरेन्द्र थापाले बहस गरेका थिए ।उनीहरूको बहस नसकिएपछि आज उपस्थित हुनेगरी इजलासले रविलाई परिवारको जिम्मा लगाएको थियो । थुनछेक बहस सकिएपछि जाहेरवाला र प्रतिवादीतर्फका वकिलहरूले जवाफी बहस गर्नेछन् ।

त्यसपछि भने न्यायाधीशले थुनछेक आदेशमार्फत रवि पुर्पक्षका लागि थुनामा जाने, धरौटीमा रिहा हुने वा साधारण तारिखमा रिहा हुने आदेश सुनाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको