Like us!
Follow us!
Connect us!
Watch us!

लुटतन्त्रलाई टुलुटुलु हेरेर बस्ने लाक्षी मान्छे म होइन - रवि लामिछाने

अर्थ संसार

सोमबार, १८ चैत्र २०८१, १६ : १३ मा प्रकाशित

लुटतन्त्रलाई टुलुटुलु हेरेर बस्ने लाक्षी मान्छे म होइन  - रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि सरकारले थालेको षड्यन्त्रको सिलसिला नरोकिएको बताएका छन् ।

पार्टी केन्द्रीय समितिको बैठकमा सहभागी हुन पार्टी कार्यालय पुगेका लामिछानेले समर्थकहरूलाई सम्बोधन गर्दै लामिछानेले दुईतिहाइको सरकारले अहिले पनि आफूमाथि षड्यन्त्र गरिरहेको बताएका हुन् । सरकारले आफ्नो टाउकोमा तरबार झुन्ड्याएर तह लगाउन खोजे पनि आफू नलग्ने उनको भनाइ थियो ।

उनले भने,‘पाँच महिनाअघि सरकारले जबरजस्ती झुठा मुद्दा लगाएर यहीँबाट उठाएर लगेको थियो । सरकारको षड्यन्त्रको सिलशिला सकिएको छैन,तर म जुनसुकै परिस्थितिको सामना गर्न तयार छु  । बलियो सरकार बनाउने सम्भावना कांग्रेस–एमालेले समाप्त गरे । राम्रो गर्नलाई होइन, आफूलाई बचाउन यिनले सरकार बनाएका हुन्। सरकारलाई लागेको होला टाउकोमा तरबार झुन्ड्यायो भने यो डराउँछ । तर, म जुन सुकै परिस्थितिसँग जुध्न तयार छु । सरकारले मेरो शीरमाथि राखेको तरबार खसालोस्, म लड्न तयार छु,लुटतन्त्रलाई टुलुटुलु हेरेर बस्ने लाक्षी मान्छे म होइन ।’

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको