राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस जारी छ ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि लामिछाने गत बुधबार रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका थिए । सोही दिन उनको बयान सकिएको थियो । हिजो बिहीबारबाट थुनछेक बहस भइरहेको छ ।
बिहीबार थुनछेक बहस नसकिएपछि हेर्दाहेर्दैमा राखेर शुक्रबार बिहान साढे १० बजे हाजिर हुने गरी लामिछानेलाई परिवार र कानुन व्यवसायीको जिम्माजमानीमा पठाइएको थियो।
आज जाहेरवालाका तर्फबाट वकिलहरूले बहस गरिरहेका छन् ।
अहिले वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले बहस गरिरहेका छन् । त्यसपछि प्रतिवादीका तर्फबाट रविका वकिलहरूले बहस गर्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस