Like us!
Follow us!
Connect us!
Watch us!
यस्ता छन् तथ्य र कारण

जलविद्युत् कम्पनीलाई किन कडाइ गर्यो धितोपत्र बोर्डले ?

सोमबार, १७ पुस २०७४, ११ : १० मा प्रकाशित

जलविद्युत् कम्पनीलाई किन कडाइ गर्यो धितोपत्र बोर्डले ?

अर्थ संसार, काठमाडौँ – सेयर बजार निरन्तर ओरालो लागिरहेको बेला धितोपत्र बोर्डले आइतबार एउटा विज्ञप्ति जारी गर्यो । विज्ञप्तिमा जलविद्युत् आयोजना र त्यससँग जोडिएक कम्पनीको विषय समावेश थियो ।

नेपालको सेयर बजारमा बढी प्रतिफल दिने भनेर जलविद्युत् समूहलाई लिने गरिन्छ ।

चिलिमे, अपि पावर जस्ता पायनियर कम्पनीका कारण सेयर बजारमा जलविद्युत् समूहको स्थान अग्रस्थानमा रहेको छ ।

बीमा, माइक्रोफाइनान्स जस्तै जलविद्युत् समूहलाई पनि अग्रस्थानमा राखिन्छ र सोहीअनुसार व्यवहार गरिन्छ । तर बोर्डले साधारण सेयर निस्काशनका सम्बन्धमा जलविद्युत् कम्पनीले बदमासी गरेको आशयसहित एउटा निर्देशन जारी गरेको छ ।

बोर्डको निर्देशनको अन्तर्य राम्रो नै रहेको छ । तर घटीरहेको बजारलाई व्यवस्थित बनाउन र बजार उकास्न त्यस्तो निर्देशनले कस्तो काम गर्ला भन्ने आशंका र संसय पनि बढाइदिएको छ ।

लगानीकर्तालाई व्यवहारिक र मर्यादित बनाउन तथा लगानीको सुरक्षाका लागि बोर्डको निर्देशन जायज नै रहेको बताउने पनि छन् । सो सँग सँगै बजार घटीरहेको बेला किन यस्तो निर्देशन आयो भन्ने मत राख्ने पनि छन् ।

बोर्डले जलविद्युत कम्पनीलाई आइपीओ निष्काशन गर्न आधा दर्जन सर्त अघि सारेको छ । बोर्डले खराब वित्तिय अवस्था भएका जलविद्युत कम्पनीले समेत आइपीओ निष्काशन गर्न थालेको भन्दै त्यस्तो सर्त अघि सारेको जनाएको छ ।

बोर्डले कम्पनीको पछिल्लो लेखापरिक्षण भएको वित्तीय विवरण बमोजिम प्रति शेयर खुद सम्पत्ति प्रति शेयर अङ्कित मूल्यभन्दा कम भएका र सबैभन्दा न्यून रेटिङ्ग प्राप्त गरेका कम्पनीलाई आइपीओ निष्कासनमा रोक लागएको जनाएको छ ।

सञ्चालन अवधि तीन वर्ष व्यतित भैसकेको अवस्थामा विगत तीन वर्षको र तीन वर्ष व्यतीत भैनसकेको अवस्थामा सञ्चालन अवधिभरको लेखापरीक्षण भएको वित्तीय विवरण बमोजिम प्रति शेयर खुद सम्पत्ति, प्रति शेयर आम्दानी उल्लेख गर्न भनेको छ ।

जलविद्युत आयोजना भएमा प्रति मेगावाट लागत, विद्युत उत्पादन अनुमतिको बाँकी अवधि, लगानी फिर्ता हुने अवधि समेत उल्लेख गर्न निर्देशन दिएर कम्पनीलाई मर्यादित बनाउन लागेको देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको