Like us!
Follow us!
Connect us!
Watch us!

गोरक्ष हाइड्रोपावरको साढे २२ लाख कित्ता जगेडा सेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?

अर्थ संसार

विहीबार, १८ पुस २०८१, १० : १५ मा प्रकाशित

गोरक्ष हाइड्रोपावरको साढे २२ लाख कित्ता जगेडा सेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?

गोरक्ष हाइड्रोपावर लिमिटेडले जगेडामा रहेको साधारण सेयर बिक्रीमा राखेको जनाएको छ ।   कम्पनीले जगेडामा रहेको सेयर मध्येबाट २२ लाख ५३ हजार ३७९ कित्ता सेयर बिक्रीमा राखेको जनाएको हो।

कम्पनीले हाल कायम रहेका सेयरधनीहरूलाई प्रतिकित्ता १०० रुपैयाँका दरले उक्त सेयर बिक्री गर्नेछ।  सेयर खरिद गर्न इच्छुक सेयरधनीले १५ दिनभित्र निवेदन पेश गर्नु पर्नेछ।

साथै तोकिएको म्यादभित्र सेयरधनीबाट सेयर खरिदका लागि आवेदन प्राप्त नभएमा सर्वसाधारणमा बिक्री गरिने कम्पनीले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको