Like us!
Follow us!
Connect us!
Watch us!

आईपीओ निष्कासन गर्दै गोरक्ष हाइड्रोपावर, बोलायो दुई आर्थिक वर्षको साधारणसभा

अर्थ संसार

सोमबार, १० भदौ २०८१, ११ : २१ मा प्रकाशित

आईपीओ निष्कासन गर्दै गोरक्ष हाइड्रोपावर, बोलायो दुई आर्थिक वर्षको साधारणसभा

गोरक्ष हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने भएको छ । 

कम्पनीले सोही प्रयोजनका लागि वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको गत भदौ ४ गते बसेको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासनसहितका प्रस्तावहरु पारित गर्न आगामी असोज ३ गते एकैपटक दुई आर्थिक वर्षको वार्षिक साधारणसभा बोलाएको हो । सभा काठमाडौंको बत्तिसपुतलीस्थित होटल इम्पेरियलमा विहान ११ बजेदेखि सुरु हुनेछ ।

सभाले दुई आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को वार्षिक लेखापरीक्षण प्रतिवेदन, अनुसूचीसहितको वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालू आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्नेछ ।

त्यसैगरी सभाले कम्पनीको अधिकृत पुँजी वृद्धि गरी १ अर्ब ५० करोड पुर्याउने, जारी पुँजी १ अर्ब ३० करोड पुर्याउने तथा जारी पुँजीको १० प्रतिशतले हुन आउने शेयर आयोजना प्रभावित स्थानीय बासिन्दा तथा १५ प्रतिशतले हुन आउने शेयर संस्थाका कर्मचारी तथा वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र सर्वसाधारणका लागि आईपीओ निष्कासनको प्रस्ताव पारित गर्नेछ । 

त्यस्तै, सभाले संस्थापक समूहमध्येबाट ३ जना र १ जना व्यावसायिक विशेषज्ञ सञ्चालक चयन गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको