महुली लघुवित्त वित्तीय संस्थाको एफपिओ बाँडफाँटको भोलि अर्थात् शुक्रबार बाँडफाँट हुने भएको छ ।
बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार शुक्रबार बिहान १०.३० बजे नयाँ बानेश्वर काठमाडौंमा एफपीओ बाँडफाँट गर्ने भएको हो ।
सिडिएस क्लियरिङका अनुसार लघुवित्तको एफपीओमा १७ लाख ५८ हजार ८५३ जनाले कुल २ करोड ४८ लाख ८५ हजार ८४० कित्ताका लागि आवेदन परेको छ । जसमध्ये ४७ हजार ५४४ आवेदकले सेयर पाउँनेछन् भने १७ लाख ३८ हजार ३०९ आवेदनको हात रित्तो हुनेछ। कम्पनीले पुस ५ गतेदेखि ९ गतेसम्म ४ लाख ७५ हजार ४४९ दशमलव १५ कित्ता सेयर निष्कासन गरेको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस