Like us!
Follow us!
Connect us!
Watch us!

राधी विद्युत कम्पनीको वार्षिक साधारणसभा स्थगित

अर्थ संसार

शुक्रबार, १९ पुस २०८१, ११ : ३१ मा प्रकाशित

राधी विद्युत कम्पनीको वार्षिक साधारणसभा स्थगित

राधी विद्युत कम्पनी लिमिटेडले पुस १८ गते आव्हान गरेको वार्षिक साधारणसभा गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ । कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत सूचना जारी गर्दै गणपूरक संख्या नपुगेकाले सभा स्थगित गरिएको जानकारी दिएको हो 

कम्पनीले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर समेत) वितरण लगायतका प्रस्तावहरू पारितका लागि ललितपुरस्थित दरबार रेष्ट्रो होटल एण्ड पार्टी भेन्यूमा सभा बोलाएको थियो।

यो सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस ४ गते बुक क्लोज गरिसकेको छ। अब कम्पनीको सञ्चालक समितिको बैठक बसी पुनः सभा आह्वान गर्नेछ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको