Like us!
Follow us!
Connect us!
Watch us!

प्रचण्डलाई महेश बर्तौलाले भने - समाज विभाजित गर्ने अभिव्यक्ति नदिनुहोला

अर्थ संसार

शुक्रबार, १९ पुस २०८१, १२ : १८ मा प्रकाशित

प्रचण्डलाई महेश बर्तौलाले भने - समाज विभाजित गर्ने अभिव्यक्ति नदिनुहोला

नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले समाजलाई विभाजित हुने किसिमका अभिव्यक्ति राजनीतिक नेतृत्वले दिनु नहुने बताएका छन्।

शुक्रबार काठमाडौंमा पत्रकार महासंघले गरेको कार्यक्रममा बोल्दै  उनले यस्तो बताएका हुन्।

बर्तौलाले नेताहरूको अभिव्यक्ति, व्यवहार र कार्यशैली समाजलाई विभाजित गर्ने खालका हुन नहुने बताए। उक्त कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी थिए।

उनले  भने,‘संसदीय राजनीतिमा हामी भर्खर नर्सरीका विद्यार्थी हौं। सम्माननीय पूर्वप्रधानमन्त्रीज्यू यहीँ हुनुहुन्छ, हामीलाई यसो लाग्छ, कहिलेकाहीँ नेताहरूको अभिव्यक्ति, नेताहरूले गरेका व्यवहार, कार्यशैलीले समाजलाई कताकता विभाजित गर्ने परिस्थिति विकास हुन खोजेको हो कि भन्ने पनि लाग्छ,’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको