Like us!
Follow us!
Connect us!
Watch us!

शिक्षकहरूको विषयमा सरकार अनुदार बनेको छैन, वार्ता भइरहेको छ - महेश बर्तौला

अर्थ संसार

मंगलबार, १६ बैशाख २०८२, ११ : ४८ मा प्रकाशित

शिक्षकहरूको विषयमा सरकार अनुदार बनेको छैन, वार्ता भइरहेको छ - महेश बर्तौला

नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सरकार जिम्मेवार रहेको बताएका छन्।

विपक्षी दलहरूले आन्दोलनरत शिक्षकहरूको माग र समाधानसहितका ६ बुँदे सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको भए पनि कार्यसूचीमा नपरेपछि माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले सरकार संसद्प्रति जबाफदेही नभएका आरोप लगाएका थिए।

प्रतिनिधि सभाको बैठकमा बोल्दै त्यसको जवाफमा बर्तौलाले सदनमा उठिरहेको विषय समाधान गर्नको लागि सरकार लागिरहेको बताए।

उनले भने, ‘यो विषयमा सरकार अनुदार बनेको छैन। आज बेलुकासम्म समस्या समाधान भएर शिक्षकहरू विद्यालय फर्किँदा हामी सबैलाई सहज गर्छ। अहिले वार्ता भइरहेको छ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको