प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीको घोषणा गरेको छ।
हाल कायम रहेका संस्थापक सेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी यो सेयर बिक्रीमा ल्याइएको हो। तर, बिक्रीमा राखिएको सेयरको कुल संख्या भने खुलाइएको छैन।
सेयर खरिद गर्न इच्छुक सेयरधनीहरूले आवश्यक कागजातसहित ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, कमलपोखरी, काठमाडौंस्थित कम्पनी सचिवको कार्यालयमा आवेदन दिनुपर्नेछ।
यदि तोकिएको समयभित्र विद्यमान संस्थापकहरूबाट आवेदन प्राप्त नभएमा, ती सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस