Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी बैंकको सेयर किन्ने सोचमा हनुहुन्छ ? पढ्नुहोस् एक विश्लेषण

मंगलबार, १८ पुस २०७४, ०८ : १३ मा प्रकाशित

लक्ष्मी बैंकको सेयर  किन्ने सोचमा हनुहुन्छ  ? पढ्नुहोस् एक विश्लेषण

अर्थ संसार, काठमाडौ -बैंकले सार्वजनिक गरेको आव २०७४/७५ को पहिलो त्रैमासको वित्तीय विवरणअनुसार रू. १७ करोड ७ लाख नाफा कमाएको छ ।

यो अघिल्लो आवको सोही अवधिको तुलनामा २५ प्रतिशतले बढी हो । खुद ब्याज आम्दानी बढेकाले नाफा बढेको हो ।

सोही अवधिमा बैंकको चुक्तापूँजी १ सय ७० प्रतिशतले बढेर रू. ८ अर्ब २१ करोड पुगेको छ । रिर्जभ कोषमा रू. २ अर्ब १३ करोड छुट्याएको छ । बैङ्कको लगानी रू. ९ अर्ब ४८ करोड रहेको छ ।

बैंकले सम्भावित जोखिम बापतको व्यवस्थामा रू. २३ करोड ४५ लाख छुट्याएको छ भने निष्क्रिय कर्जा १ दशमलव ७८ प्रतिशत रहेको छ । साथै बैंकको मङ्सिर २८ गते सम्पन्न वार्षिक साधारण सभाले १० प्रतिशत बोनस सेयर शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

वर्गिकरणः बाणिज्य बैंक
पछिल्लो व्यापार मूल्यः रू. २५८
५२ हप्ताको उच्च व्यापार मूल्यः रू. २५०
५२ हप्ताको न्यून व्यापार मूल्यः  रू. ९७२
१८० दिनको औसत व्यापार मूल्यः रू. ३३२.९१

 

कम्पनीको महत्वपूर्ण अनुपात

सञ्चालक समिति
अध्यक्षः शम्भु प्रसाद आचार्य
व्यवस्थापन समिति
प्रमुख कार्यकारी अधिकृतः सुदेश खालिङ
प्रधान कार्यालयः हात्तीसार काठमाडौं
वेबसाइटः laxmi.laxmibank.com
शाखाः ७४
स्टक सङ्केतः एलबिएल

बैङ्कको महत्वपूर्ण वित्तीय परिसूचकहरू (रू. हजारमा)

बैंकका महत्वपूर्ण वित्तीय परिसूचकहरू (रू. हजारमा )

महत्वपूर्ण अनुपात

लाभांश विवरण

आधारभूत विश्लेषण
बैंकको पहिलोे त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दाः    

  • चुक्तापूँजीको तुलनामा खुद नाफा ४ दशमलव ४७ प्रतिशतबाट घटेर २ दशमलव शून्य ८ प्रतिशतमा सिमित भएकोे छ । बैंकले वैदेशिक मुद्रा विनिमयबाट रू. ३ अर्ब ५ करोड आम्दानी गरेको छ ।

  • बैंकको पहिलो त्रैमासमा रू. ५८ करोड ६४ लाख निक्षेप सङ्कलन गरी रू. ५४ अर्ब ९४ करोड कर्जा प्रवाह गरेको छ ।

  • बैंकको खुद ब्याज आम्दानी रू. ४८ करोड ३३ लाख, कर्मचारी खर्च रू. १२ करोड ३ लाख, अन्य सञ्चालन खर्च रू. ११ करोड २२ लाख र सञ्चालन नाफा रू. १८ करोड ४८ लाख पुगेको छ ।

  • स्थिर सम्पत्ती ९ दशमलव ९५ प्रतिशतले बढेर रू. १ अर्ब ६७ करोड पुगेको छ भने अन्य सम्पत्ती ६ प्रतिशतले घटेर रू. १ अर्ब १९ करोडमा सिमित भएको छ ।

  • पूँजी कोष लागत ७ दशमलव ४६ प्रतिशत र पूँजीकोष प्रर्याप्तता १३ दशमलव ३७ प्रतिशत रहेको छ ।

  • बैंकको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दानी रू. ८ दशमलव २४, मूल्य आम्दानी अनुपात ४० दशमलव १७, तरलता अनुपात १९ दशमलव ५३ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १ सय २६ रहेको छ । सोमवारको मूल्य प्रतिशेयर नेटवर्थको २ गुणा छ ।

प्राविधिक विश्लेषण
खरीद चापः बैङ्कको सोमवार भएको सेयर कारोबारको अन्तिम समयसम्ममा विक्री चापको तुलनामा खरीद चाप करीब ३ गुणा बढी भएको छ । सो अवधिसम्म ६ हजार २ सय ८७ कित्ता शेयर खरीद  र २ हजार ३ कित्ता शेयर विक्री गर्ने माग रहेको थियो ।

सोमवार भएको शेयर कारोबार विवरणः

मैनबत्ती विश्लेषण

३ अक्टोबर २०१७                                १ जनवरी २०१८

स्ट्याण्डर्ड डेभिएशन

३ अक्टोबर २०१७                                १ जनवरी २०१८

आरएसआई

 
३ अक्टोबर २०१७                                १ जनवरी २०१८

मुभिङ एभरेज


३ अक्टोबर २०१७                                १ जनवरी २०१८

  • मैनबत्ती विश्लेषणः बैंककोे ५९ दिनको कारोबार अवधिमा अन्तिम दिनमा सेतो मारोबोजु आकृती बनेको छ । यसले आगामी दिनमा सेयर मूल्य बुलिशमा जाने सङ्केत देखाउँछ ।

  • आरएसआईः बैंकको ५९ दिनको कारोबारमा आरएसआई न्यूट्रल जोन (३१ दशमलव २३ स्केल)मा छ । यसले शेयर खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ ।

  • स्ट्याण्डर्ड डेभिएसनः कम्पनीको ५९ दिनको कारोबारमा स्ट्याण्डर्ड डेभिएसन ४ दशमलव ६६ विन्दुमा छ । उतारचढाव न्यून रहेको छ ।

  • मुभिङ एभरेजः बैंकको ५९ दिनको कारोबारमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने मूल्य रेखाभन्दा तल छ । हालको मूल्य रू. २ सय ५८ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. २ सय ६२ मा प्रतिरोध पाउन सक्छ भने सस्तिएमा रू. २ सय ५० मा टेवा पाउन सक्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको