राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन दिएका उम्मेदवारहरूमध्ये चार जनालाई छनोट गरेको छ। रिक्त सीईओ पदका लागि आवेदन दिएका व्यक्तिहरूको शैक्षिक योग्यता, अनुभव, र पेश गरिएको व्यावसायिक कार्ययोजनाको मूल्यांकन गरी छनोट गरिएको हो।
छनोटमा परेका उम्मेदवारहरूमा महेश रिजाल, राजुनाथ खनाल, रामदेव यादव, र सुन्दर पन्थी छन्। यी चार जनालाई कम्पनीले प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि निमन्त्रणा गरेको छ। प्रस्तुतीकरण सत्र माघ ४ गते शुक्रबार दिउँसो ३:३० बजे सुरु हुनेछ भने अन्तर्वार्ता माघ ५ गते बिहान ८ बजे कम्पनीको प्रधान कार्यालय, रामशाहपथ, काठमाडौंमा आयोजना गरिनेछ।
यसअघि, कम्पनीले असोज १६ गते एक सूचना प्रकाशित गरी सीईओ पदका लागि आवेदन माग गरेको थियो। प्रारम्भिक छनोटपछि अन्तर्वार्तामा केही उम्मेदवार सहभागी नभएपछि प्रक्रिया मंसिर ६ गते पुनः सुरु गरिएको थियो। नयाँ छनोट प्रक्रियापछि यी चार उम्मेदवारलाई अन्तिम चरणमा अघि बढाइएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस