प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग दोस्रो पटक सोधपुछ गरेको छ। उनलाई लाजिम्पाटस्थित सीआइबी कार्यालयमा बोलाएर बैंक स्टेटमेन्टसँग सम्बन्धित विषयमा बयान लिइएको थियो।
यसअघि, कात्तिक २८ गते पनि धनराज गुरुङसँग सोधपुछ गरी बयान लिइएको थियो। अहिलेको सोधपुछ मितेरी सहकारीको साढे १२ करोड रुपैयाँ हिनामिनासम्बन्धी प्रकरणमा केन्द्रित रहेको छ।
ललितपुर स्थित मितेरी सहकारीमा भएको हिनामिना सम्बन्धी उजुरीमा महाप्रबन्धक ज्योति गुरुङसहित अन्य पाँच व्यक्तिहरूको नाम छ, जसमा धनराज गुरुङको पनि समावेश रहेको छ। सीआइबीले यो प्रकरणमा थप अनुसन्धान गर्दैछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस