नेपाली कांग्रेसका सांसद धनराज गुरूङले राजसंस्थालाई मरिसकेको बाघको संज्ञा दिएका छन् । मंगलबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
राजसंस्था मरिसकेको बाघको संज्ञा दिएका उनले त्यसको सिनो बोक्नेको काँध पनि गन्हाउने भन्दै छेडखानी गरे ।
‘२०६२/६३ सालको जनआन्दोलनका क्रममा नेपाली जनताले लखेट्दै लखेट्दै लैजाँदा भीरबाट लडेर मरेको बाघलाई दुई चार जनाले फेरि काँधमा बोकेर यो जिउँदै छ, जिउँदै छ भनेर आउँदैमा हामी पनि त्यही लहलहैमा लागेर साँच्चै जिउँदै हो कि भनेर त्यो मरिसकेको बाघलाई लात्ताले हान्ने हामी पनि उस्तै हौं कि ! मरिसकेको बाघको सिनो बाकेर आउने मान्छेको काँध त गन्हाउँछ नै । हामीले पनि लात्ताले सिनोलाई हान्दा हाम्रो खुट्टा पनि त गन्हाउँछ होला नि सभामुख महोदय,’ सांसद गुरुङले भने ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस