अर्थ संसार, काठमाडौं – नेपाल आयल निगमले सोमवार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।
निगम स्रोतका अनुसार निगम सञ्चालक समितिको बैठकले सबै थरीका पेट्रालियम पदार्थको मूल्य बढाउने निर्णय गरेको हो ।
सो अनुसार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ, एलपी ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ र हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ३ रुपैयाँ बढाइएको छ ।
मूल्य वृद्धिसँगै प्रतिलिटर मूल्य पेट्रोलको रू १ सय २, डिजेल र मट्टीतेलको रू। ७९ र हवाई इन्धन आन्तरिकको ९० रुपैयाँ पुगेको छ । यसैगरी एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १ हजार ३ सय ७५ पुगेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस