Like us!
Follow us!
Connect us!
Watch us!

बैंकिङ प्रणालीबाट आज फेरि एकैपटक ८० अर्ब तान्दै राष्ट्र बैंक

अर्थ संसार

बुधबार, २४ पुस २०८१, ११ : ४९ मा प्रकाशित

बैंकिङ प्रणालीबाट आज फेरि एकैपटक ८० अर्ब तान्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न ८० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गरेको छ । आज बुधबार पुस २४ गते उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ ।  

अल्पकालीन तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण प्रयोग गरी राष्ट्र बैंकले १४ दिनका लागि उक्त रकम तान्न लागेको हो । यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।

यो निक्षेप संकलन उपकरणको माघ ९ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको