Like us!
Follow us!
Connect us!
Watch us!

सूर्यदर्शन सहकारी ठगी: सकियो सरकारी वकिलको जवाफी बहस,आजै आदेशको सम्भावना

अर्थ संसार

विहीबार, २५ पुस २०८१, १४ : १९ मा प्रकाशित

सूर्यदर्शन सहकारी ठगी: सकियो सरकारी वकिलको जवाफी बहस,आजै आदेशको सम्भावना

पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितका प्रतिवादीको थुनछेक बहस सकिएको छ । सम्भवतः आजै आदेश आउने अनुमान गरिएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा सरकारी वकिलले जवाफी बहस गरेसँगै थुनछेक बहस सकिएको हो ।

सरकारी वकिल कार्यालयतर्फबाट न्यायाधिवक्ता कमला काफ्ले र सहन्यायाधिवक्ता गोविन्दराज गौलीले जवाफी बहस गरेका थिए । अहिले न्यायाधीशले प्रतिवादीलाई आफ्ना कुरा राख्न समय दिइरहेका छन् ।

रविसहित पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई, रामबहादुर गुरुङ, आरती गुरुङ, पूर्व सांसद मिना गुरुङ र कृष्णबहादुर गुरुङमाथि थुनछेक बहस भएको हो । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले पुस ५ र पुस ७ गते गरी सूर्यदर्शन सहकारी ठगीमा संलग्न ६३ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दायर गरेको थियो । रास्वपा सभापति लामिछानेसहित गोर्खा मिडिया प्रालिमा सहकारीको पैसा लगेर हिनामिना गरेको लगायतको आरोपमा पूर्व डीआईजी छविलाल जोशी, लिला पछाईं र रामबहादुर गुरुङलगायत हिरासतमा छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको