नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज साहस उर्जा र सगरमाथा जलविद्युत कम्पनीको बोनस सूचीकृत भएको हो ।
साहसको ८ प्रतिशत बोनस बापतको २८ लाख कित्ता र सगरमाथाको ४.७५ प्रतिशत बोनस बापतको ५ लाख ३२ हजार कित्ता सेयर सूचीकृत भएको छ ।
सूचीकृत पश्चात् यी दुवै कम्पनीको बोनस सेयर अब लगानीकर्ताले भोलिदेखि नै खरिदबिक्री गर्न पाउनेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस