Like us!
Follow us!
Connect us!
Watch us!

संकट नजिकिएपछि मर्जरमा जान तयार भयो 'पोखरा फाइनान्स', बनायो समिति

अर्थ संसार

विहीबार, १० माघ २०८१, १० : ५९ मा प्रकाशित

संकट नजिकिएपछि मर्जरमा जान तयार भयो 'पोखरा फाइनान्स', बनायो समिति

समस्याग्रस्त अवस्थामा पुगेपछि पोखरा फाइनान्सले मर्जरमा जाने प्रस्ताव अघि सारेको छ ।

पोखरा फाइनान्स मर्जर तथा प्राप्ति प्रक्रियालाई तीव्रता दिन मर्जर समिति गठन गरेको छ।

फाइनान्सको सञ्चालक समितिको माघ ९ गते बसेको बैठकले उपयुक्त बैंक वा वित्तीय संस्थासँग मर्जर प्रक्रिया अगाडि बढाउने योजना सार्वजनिक गरेको हो।   

सञ्चालक समितिले साधारण सभाको निर्णय अनुसार मर्जर वा प्राप्ति प्रक्रियालाई अघि बढाउने जिम्मा पाएको थियो। उक्त निर्णयले उपयुक्त बैंक तथा वित्तीय संस्थासँग समाहित, गाभ्ने वा गाभिने प्रक्रियामा पहल गर्न अनुमति दिएको छ। 

स्रोतका अनुसार भने एक अग्रणी वाणिज्य बैंकसँग मर्जरमा जाने विषयमा फाइनान्सले छलफल सुरु गरिसकेको छ । तर, कुन बैकसँग मर्जरमा जाने भन्ने विषय खुलाएको छैन । 

पोखरा फाइनान्सलाई राष्ट्र बैंकलेसमस्याग्रस्त घोषणा गर्ने अन्तिम तयारी गरेको छ।

राष्ट्र बैंक सञ्चालक समितिले पोखरा फाइनान्सलाई राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६(६) बमोजिम १५ दिनभित्र सफाइको मौका दिने निर्णय गरेको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पोखरा फाइनान्सले १४.४४ प्रतिशत खराब कर्जा देखाएकोमा राष्ट्र बैंकले प्रकाशित गरेको विवरणमा ४१.०७ प्रतिशत पुगेको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा भने ३३.४४ प्रतिशत खराब कर्जा देखाएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको