अर्थ संसार, काठमाडौं – सरकारी आयोजनाहरु समस्या परिरहेको, समय र लागत समेत बढीरहेको बेला निजी क्षेत्रले एक पछि अर्को गर्दै जलविद्युत् आयोजना निर्माण सम्पन्न गरेका छन् ।
निजी क्षेत्रले मिर्नाण गरेका आयोजना धमाधम बनेपनि प्रसारण लाइनको अभावमा कतै समस्या उत्पन्न भएको छ भने कतै विद्युत् खेर गइरहेको छ ।
यसै सन्दर्भमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा मंगलबारदेखि करिब ५ मेगावाट विद्युत् थप भएको छ ।
लमजुङमा निर्माण सम्पन्न भएको ३.३ मेगावाट क्षमताको मिदिम जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्राधिकरणको प्रणालीमा जोडिएको हो ।
यस्तै लामो समयदेखि बन्द रहेको सेती फेवा जलविद्युत् आयोजनाको १.५ मेगावाट क्षमताको विद्युत् समेत प्रणालीमा जोडिएको छ ।
प्राधिकरणको प्राविधिक टोलीले आयोजनाको बिजुली दमौली सबस्टेसनमा जोडेको छ ।
आयोजनाका अनुसार आगामी १४ दिनसम्म परिक्षण उत्पादन गरेर व्यावसायिक उत्पादन सुरु गरिने आयोजनाका प्रमुख किरण मल्लले बताए ।
सहज प्रसारण लाइनको अभावमा वैकल्पिक उपाय अवलम्बन गरेर ३३ किलोमिटर लामो प्रसारण लाइन मार्फत तनहुँको दमौली सबस्टेसनमा जोडिएको हो ।
यस्तै कास्कीमा सञ्चालित १.५ मेगावाट क्षमताको सेती फेवा जलविद्युत केन्द्रले पनि मंगलबारबाटै पुनः विद्युत् उत्पादन सुरु गरेको छ ।
वर्षाकालमा बाढीबाट पभावित भएको उक्त आयोजनामा वैकल्पि व्यवस्था गरेर विद्युत् उत्पादन सुरु गरिएको आयोजनाले जनाएको छ ।
सो आयोजना सञ्चालनमा आए लगत्तै थप दुई आयोजना समेत सञ्चालन आउने जनाइएको छ । ती आयोजनाबाट थप ७ मेगावाट विद्युत् थप हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस