Like us!
Follow us!
Connect us!
Watch us!

छोरीको आत्मसम्मान र स्वाभिमानका लागि जन्मिएको ‘कलश’

अर्थ संसार

सोमबार, १४ माघ २०८१, १६ : ०८ मा प्रकाशित

मनिषा खनाल २७ वर्षकी छन् ।  

हाल कोटेश्वर बस्ने उनको पुख्र्यौली घर धनगढी हो । उनले काठमाडौंमै बसेर पढिन् । 
मनिषाको रूचि सानैदेखि कलामा थियो । उनी सानैदेखिचित्र पनि बनाउँथिन्। । कोभिड  १९ को बेला भएको लकडाउनमा उनले त्यही रहर पछ्याउँदै फेसन डिजाइनमा डिप्लोमा गरिन यो बाहेक उनले म्यानेजमेन्टबाट ब्याचरल तहको पढाइ पूरा गरेकी छन् भने योसँगै ल्याब टेक्निसियन पनि पढेकी छन् । 

उनले फेसन डिजाइन पढेको र अनुभव भएकाले यही क्षेत्रमा काम गर्ने निधो गर्दै गत बर्ष बुबाआमा/ दाजुभाईसँग सल्लाह गरिन्।परिवारका सबैले  मनिषालाई सहयोग गर्ने भए । त्यसैक्रममा बुटिक खोल्ने आइडिया निस्कियो । यो व्यावसायिक आइडियाको बीजारोपण आफैले गरेको भएपनि यसमा परिवारले धेरै नै साथ दिएको मनिषा सम्झिन्छीन् । उनी भन्छिन् ‘बुबाआमा/दाजुभाईको सर्पोटबिना म यहाँसम्मपुग्नु एकदमै असजिलो थियो आइडिया आफ्नै भएपनि मलाई यहाँसम्म पुर्याउन मेरो बुबाआमा/दाजुभाईकै हात छ ।’

मनिषाले आफ्नो रुचिबारे बताउदै आफु आफ्नै खुट्टामा उभिन चाहने कुरा बुबाआमालाई सुनाउँदा बुबाआमाले छोरीको सीपबारे थप जिज्ञासा राखे । मनिषालाई पनि बुबाआमाको साथ मिले केही गर्ने सोच पलायो । त्यसपछि के गर्न सकिन्छ त भनेर परिवार सबै मिलेर सोच्न थाले । तीन वटा सेक्टर तिरको पढाई पुरा गरेकाले मनिषालाई डिसिजन लिन अलि गाह्रो भएपनि उनले फेसन डिजाइन नै रोजिन । आफैले डिजाइन गर्ने गरेर बुटिक खोल्ने र त्यसको उत्पादनलाई बजारीकरण गर्ने सोच आयो । र, उनले बुटिकको नाम ‘कलश’ राखिन । 

यसरी एउटी छोरीको आत्मसम्मान र स्वाभिमानका लागि बुबाआमाले देखाएको प्रेम र करुणाबाट सुरु भएको थियो ‘कलश’ । स्वदेशमा केहि छैन भन्दै युवा विदेशिरहेका बेला मनिषाले सुरु गरेको ‘कलश’मा उत्पादन भएका र स्वयमः मनिषाले डिजाइन गरेका कपडाहरु अहिले देशदेखि परदेशसम्म पुग्ने गरेका छन् । मनिषाले नेपालका मिस नेपालहरुका कपडा समेत डिजाइन गर्ने गरेकी छिन् । 

सुरुमा २५ लाखको लगानीबाट सुरु भएको कलशको लगानी डेढ बर्षमै १५ लाखले बढेको छ । 
अहिले उनले ५ जनालाई रोजगारी दिइसकेकी छन् । उत्पादन ग्राहकसम्म र्पुयाउने कामका लागि डेलिभरी कम्पनीसँग पनि सहकार्य छ ।

कलशमा हाल महिलाका लागी साडि, लेहेगां कुर्ताहरुसँगै डिजाइन दिए अनुसारका जस्ता पनि लुगा पाइन्छन् । 
मनिषाका अनुसार कलशका लुगा भारतीय र म्याट्रियलबाट बन्छन् ।  त्यस्तै कलशका उत्पादनमध्ये मनिसाकै डिजाइनमा बनेका कुर्ताहरु सबभन्दा बढी रूचाइएको छ ।

बजारमा आफ्नो नाम जमाउँदै, उद्यमीका रूपमा पहिचान बलियो बनाउँदै गएकी मनिषालाई लाग्छ नेपालमा बसेर धैर्य गर्नसके जे पनि गरिन्छ । उनी भन्छिन् , ‘आफ्नो क्षमताअनुसारको काम गर्ने  हो भने धैर्य गर्नसक्नुपर्छ नेपालमा नै धेर्र गर्न सकिन्छ । ’

 

679760491dca2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको