स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा बढेको छ ।
चालू आवको दोस्रो त्रैमासमा लघुवित्तको खुद नाफा ९४.२१ प्रतिशत वृद्धि भएको छ। यो अवधिमा लघुवित्तले ८ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा कम्पनीले ४ करोड १५ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यस्तै, दोस्रो त्रैमाससम्म लघुवित्तको खुद ब्याज आम्दानी पनि २०.०२ प्रतिशतले बढेर ८० करोड पुगेको छ । फि तथा कमसिन खर्च पनि १० करोड ८१ लाखबाट घटेर ४ करोड ४० लाख रुपैयाँमा झरेको छ ।
चुक्ता पूँजी १ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा १ अर्ब ७२ करोड ६८ लाख रुपैयाँ, सेयर प्रिमियम ८ लाख रुपैयाँ र सञ्चित मुनाफा १० करोड १७ लाख रुपैयाँ रहेको छ।
कम्पनीको प्रतिसेयर आम्दानी ९.७७ रुपैयाँ पुगेको छ । गत आवको दोस्रो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७५ पैसा रहेको थियो । यो अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ २१०.४३ रुपैयाँ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस