Like us!
Follow us!
Connect us!
Watch us!

बढ्यो अमेरिकी डलरको मूल्य, यस्तो छ आजको विनिमयदर

अर्थ संसार

विहीबार, १७ माघ २०८१, ०९ : १७ मा प्रकाशित

बढ्यो अमेरिकी डलरको मूल्य, यस्तो छ आजको विनिमयदर

नेपाल राष्ट्र बैंकले बिहिबारका लागी  विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आज एक अमेरिकी डलरको खरिददर १३८.१७ रुपैयाँ र बिक्रीदर १३८.७७ रुपैयाँ रहेको छ। 

युरोपियन युरोको खरिददर १४३.७८ रुपैयाँ र बिक्रीदर १४४.४० रुपैयाँ रहेको छ। बेलायती पाउण्ड स्टर्लिङ खरिददर १७१.६३ रुपैयाँ र बिक्रीदर १७२.३७ रुपैयाँ र स्विस फ्राङ्कको खरिददर १५२.५१ रुपैयाँ र बिक्रीदर १५३.१७ रुपैयाँ कायम भएको छ।

अस्ट्रेलियन डलर खरिदमा ८६.०६ रुपैयाँ र बिक्रीमा ८६.४३ रुपैयाँ रहेको छ। क्यानाडियन डलर खरिदमा ९५.८१ रुपैयाँ र बिक्रीमा ९६.२३ रुपैयाँमा कारोबार भइरहेको छ। सिंगापुर डलरको विनिमय दर १०२.२९ रुपैयाँ खरिद र १०२.७३ रुपैयाँ बिक्री रहेको छ।

जापानी येन १० युनिटको खरिददर ८.८९ रुपैयाँ र बिक्रीदर ८.९३ रुपैयाँ रहेको छ। चिनियाँ युआन खरिदमा १९.०५ रुपैयाँ र बिक्रीमा १९.१४ रुपैयाँ कायम भएको छ। साउदी रियाल खरिदमा ३६.८४ रुपैयाँ र बिक्रीमा ३७.०० रुपैयाँ तोकिएको छ भने कतारी रियाल खरिददर ३७.९० रुपैयाँ र बिक्रीदर ३८.०६ रुपैयाँ छ। थाई भाट खरिदमा ४.१० रुपैयाँ र बिक्रीमा ४.११ रुपैयाँ रहेको छ।

दक्षिण कोरियन वन १०० युनिटको खरिददर ९.५६ रुपैयाँ र बिक्रीदर ९.६० रुपैयाँ रहेको छ। स्विडिश क्रोनर खरिदमा १२.५५ रुपैयाँ र बिक्रीमा १२.६१ रुपैयाँ तोकिएको छ। ड्यानीश क्रोनरको विनिमय दर खरिदमा १९.२७ रुपैयाँ र बिक्रीमा १९.३५ रुपैयाँ रहेको छ।

युएई दिरामको विनिमय दर खरिदमा ३७.६२ रुपैयाँ र बिक्रीमा ३७.७८ रुपैयाँ कायम छ। मलेसियन रिंगिट खरिदमा ३१.४५ रुपैयाँ र बिक्रीमा ३१.५९ रुपैयाँ रहेको छ।

नेपाल राष्ट्र बैंकले यी दरहरू खुला बजारका लागि भएका कारण विभिन्न बैंकहरूले आ–आफ्नै दर लागू गर्न सक्ने जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको