Like us!
Follow us!
Connect us!
Watch us!

गणपति लघुवित्तको वित्तीय विवरण - नाफासँगै बढ्यो प्रतिसेयर आम्दानी

अर्थ संसार

शुक्रबार, १८ माघ २०८१, १० : ३४ मा प्रकाशित

गणपति लघुवित्तको वित्तीय विवरण - नाफासँगै बढ्यो प्रतिसेयर आम्दानी

गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ ।

कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्मको अवधिमा १ करोड २३ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको छ।  यो गत आवको दोस्रो त्रैमासको तुलनामा १४.९७ प्रतिशतले बढी हो । गत आवको दोस्रो त्रैमासमा कम्पनीको खुद नाफा १ करोड ७ लाख ४२ हजार रुपैयाँ थियो  । 

यो अवधिमा  कम्पनीको  खुद ब्याज  ७ करोड ५० लाख ८३ हजार रुपैयाँ पुगेको छ । यो गत आवको दोस्रो त्रैमासको तुलनामा  ४२.९४ प्रतिशतले बढी हो ।  अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले ५ करोड २५ लाख २९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । 

यता, सञ्चालन नाफा १४.९७ प्रतिशतले बढेर १ करोड ७६ लाख ४३ हजार रुपैयाँ पुगेको छ ।  गत आवमा लघुवित्तको सञ्चालन नाफा १ करोड ५३ लाख रुपैयाँ रहेको  थियो । 

पुस मसान्तसम्म आइपुग्दा  लघुवित्तको  चुक्ता पुँजी १५ करोड १५ लाख रुपैयाँ छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा गणपति लघुवित्तको खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ ।  

गत आवको दोस्रो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ १८ पैसा रहेकोमा चालू आवमा बढेर १६ रुपैयाँ ३० पैसा पुगेको छ। प्रतिसेयर  नेटवर्थ १३२ रुपैयाँ ०८ पैसा र खराब कर्जा ४.१३ प्रतिशत छ।



 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको