Like us!
Follow us!
Connect us!
Watch us!

गणपति लघुवित्तको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

शुक्रबार, ०२ फागुन २०८१, ११ : ०२ मा प्रकाशित

गणपति लघुवित्तको संस्थापक सेयर बिक्रीमा

गणपति लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा राखिएको छ।

संस्थाको संस्थापक समूहको २ लाख ४८ हजार ९३१ कित्ता सेयर बिक्रीमा राखिएको हो।

यो सेयरहाललाई संस्थाका संस्थापक सेयरधनीहरुले मात्रै खरिद गर्न सक्नेछन्। इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र तनहुँको शुक्लागण्डकी–४ दुलेगौँडास्थित कम्पनीको केन्द्रीय कार्यालयमा सेयर खरिदका लागि निवेदन दिनुपर्नेछ।

तोकिएको अवधिभित्र संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने संस्थाले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको