Like us!
Follow us!
Connect us!
Watch us!

बैंकहरूको साढे २ खर्ब रकम राष्ट्र बैंकमा, थप ४० अर्ब तान्दै

अर्थ संसार

आइतबार, २० माघ २०८१, १२ : ०० मा प्रकाशित

बैंकहरूको साढे २ खर्ब रकम राष्ट्र बैंकमा, थप ४० अर्ब तान्दै

बैंकिङ प्रणालीमा रहेको थप ४० अर्ब तरलता राष्ट्र बैंकले खिच्ने भएको छ ।  बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको सुरुवातबाट नै स्थायि निक्षेप सुविधा र निक्षेप संकलन उपकरण मार्फत प्रणालीबाट तरलता खिच्दै आएको छ ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि आइतबार नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो ।  

निक्षेप संकलन उपकरण बोलकबोलमार्फत २१ दिनको लागि ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। 

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । यो २१ दिने निक्षेप संकलन उपकरणको फागुन ११ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

माघ लागेपछि यस पटकसम्म केन्द्रीय बैंकले छैठो पटक तरलता तान्न लागेको हो। ऋण लगानी गर्न नसकेपछि साढे २ खर्बभन्दा बढी पैसा राष्ट्र बैंकमा बैंकहरुले राखेका छन् ।  नेपाल राष्ट्र बैंकको १८ माघको तथ्यांक अनुसार बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले प्रशोचन गरेको बक्यौता २ खर्ब ६७ अर्ब ५५ करोड रहेको छ आइतबार थप ४० अर्ब खिच्न लागेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको