अर्थ संसार, काठमाडौं - नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) को अध्यक्ष पदका नाट्टाका प्रथम उपाध्यक्ष सिएन पाण्डले उम्मेदवारी घोषणा गर्नु भएको छ । यही पुष २८ गते नाट्टाको ५१ औँ साधारणसभा हुँदैछ ।
साधारणसभाको मिति नजिकिदै गर्दा पाण्डेले आज पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गर्नुभएको हो । संस्थाको सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास भइरहेको र सर्वसम्मत भएमा आफू अध्यक्ष हुने बताउनुभयो ।
नाट्टालाई व्यवसायीको साझा संस्थाका रुपमा स्थापित गर्ने उद्देश्यले आफ्ना उम्मेदवारी घोषणा गरेका पाण्डेले बताउनुभयो ।
वाम गठबन्धननिकट पाण्डेले राजनीतिक आस्थाभन्दा माथि उठेर नाट्टामा आफूले व्यावसायिक नेतृत्व गर्न चाहेको बताउँदै सोही अनुरुप विविध विचार आस्था सम्बद्ध सबै पक्षले आफूलाई साथ हुने बताउनुभयो ।
उहाँले आफू नेतृत्वमा नभए पनि नाट्टामार्फत व्यवसायीको हकहित तथा पर्यटन, प्रवद्र्धन र विकासका निम्ति महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्पष्ट पार्नुभयो ।
पाण्डेले टुर्स र ट्राभल्स क्षेत्रमा रहेको समस्यालाई समाधान गर्नका लागि आफूले सबै सरोकारवालालाई समेटेर अगाडि बढ्ने स्पष्ट पार्नुभयो ।
पचास वर्षअघि स्थापित ट्राभल तथा टुर व्यवसायीको छाता संगठन नाट्टामा भद्रपुर, पोखरा र धनगढीमा क्षेत्रीय तथा पाल्पामा जिल्ला शाखा छन् भने साधारणसभामा ४६७ मतदाताले भाग लिनेछन् ।
यता लोकतान्त्रिक समूह निकट पर्यटन व्यवसायी अच्युत शर्मा गुरागाईंले पनि अध्यक्षमा उम्मेदवारी दिने बताउनुभएको छ । उहाँले स्वतन्त्र व्यवसायीका तर्फबाट आफूले उम्मेदवारी दिन लागेको बताउनुभयो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस