Like us!
Follow us!
Connect us!
Watch us!

सामान्य अंकले बढ्यो नेप्से - ११ अर्ब ८७ करोडको कारोबार हुँदा परिसूचक २७३० अंकमा

अर्थ संसार

सोमबार, २१ माघ २०८१, १५ : ०८ मा प्रकाशित

सामान्य अंकले बढ्यो नेप्से - ११ अर्ब ८७ करोडको कारोबार हुँदा परिसूचक २७३० अंकमा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.४१ अंकले बढेर २७३० बिन्दुमा कायम भएको छ । बजार सामान्य अंकमा बढ्दा कारोबार रकम घटेको छ । अघिल्लो दिन १२ अर्ब ९५ करोडको कारोबार भएकोमा आज ११ अर्ब ८७ करोडको कारोबार भएको हो ।

आज बैंकिङ ०.५४, जीवन बीमा ०.६७, उत्पादन तथा प्रशोधन ०.२७, माइक्रोफाइनान्स ०.१०, निर्जीवन बीमा ०.८० र व्यापार ०.७९ प्रतिशत बढे ।

अन्य ०.६०, लगानी ०.४७, हाइड्रोपावर ०.४८, होटल तथा पर्यटन ०.०१, फाइनान्स १.०७ र विकास बैंक समूह ०.३९ प्रतिशत घटे ।   ।

सबैभन्दा  धेरै एनआरएनको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३५ करोड ३० लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले र भुगोल इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । 

आज सबैभन्दा धेरै ग्रिन डेभलपमेन्ट बैंक र रिभर फल्स पावरका लगानीकर्ताले गुमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको