चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा उपकार लघुवित्त वित्तीय संस्थाले १ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसैअवधिमा कम्पनी १ करोड ७५ लाख रुपैयाँ घाटामा थियो ।
यसअवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४२.३२ प्रतिशतले बढेर ७ करोड ५ लाख पुगेको छ । गत वर्ष उक्त आम्दानी ४ करोड ९५ लाख रुपैयाँ थियो । यसअवधिमा कम्पनी १ करोड १८ लाख रुपैयाँ सञ्चालन नाफामा रहेको छ ।
चुक्ता पुँजी १० करोड ६१ लाख रुपैयाँ रहेको यसको जगेडा कोषमा ११ करोड २६ लाख रुपैयाँ छ । यसको प्रतिसेयर आम्दानी २५ रुपैयाँ १९ पैसा रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ छ
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस