Like us!
Follow us!
Connect us!
Watch us!

उपकार लघुवित्तको सवा ४ लाख कित्ता सेयरको ‘लक इन’ वैशाखमा सकिँदै

अर्थ संसार

आइतबार, १० चैत्र २०८१, १० : ३१ मा प्रकाशित

उपकार लघुवित्तको सवा ४ लाख कित्ता सेयरको ‘लक इन’ वैशाखमा सकिँदै

उपकार लघुवित्त वित्तीय संस्थाको लघुवित्तको संस्थापक तथा कर्मचारीहरूलाई बाँडफाँट गरिएको सेयरहरूको लकइन अवधि सकिन लागेको छ।

संस्थाको करिब सवा ४ लाख कित्ता सेयरको लकइन आगामी बैशाख ८ गतेदेखि सकिन लागेको हो ।  लघुवित्तका अनुसार संस्थाका संस्थापक संस्थापक सेयरधनीको ४ लाख २० हजार कित्ता र कर्मचारीको ३ हजार २८१ कित्ता सेयर रहेको छ।

धितोपत्र निष्कासन तथा बाँडफाँट नियमावलीअनुसार कुनै पनि कम्पनीका संस्थापक, स्थानीय र कर्मचारीको साधारण सेयर आइपीओ बाँडफाँट भएको मितिले ३ वर्षसम्म लकइनमा राख्नुपर्ने व्यवस्था रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको