Like us!
Follow us!
Connect us!
Watch us!

छिमेक लघुवित्त विकास बैंकको सेयर किन्ने सोचमा हुनुहुन्छ ? पहिला हेर्नुहोस्, एक विश्लेषण

शुक्रबार, २१ पुस २०७४, ०९ : ०३ मा प्रकाशित

छिमेक लघुवित्त विकास बैंकको  सेयर किन्ने सोचमा हुनुहुन्छ ? पहिला हेर्नुहोस्, एक विश्लेषण

अर्थ संसार, काठमाडौं– छिमेक लघुवित्त विकास बैंक लिमिटेड २००१ डिसेम्बरमा कम्पनीको रूपमा दर्ता भएको हो ।

यस कम्पनीले पहिले महोत्तरी र चितवन जिल्लामा सञ्चालनमा आएको थियो । नेपाल राष्ट्र बैंकले नयाँ वित्तीय ऐन कानून सञ्चालनमा ल्याएपछि यसको विकास विस्तार भएको हो ।

नेपाल राष्ट्र बैंकको पहल र विभिन्न व्यावसायिक बैंकको प्रयासमा यस कम्पनी स्थापित भएको हो । कम्पनीको आर्थिक वर्ष २०७४/७५ को पहिलो त्रैमासमा नाफा ३६ प्रतिशतले घटेर रू. ८ करोड ६ लाखमा सिमित भएको छ ।

खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले कम्पनीको नाफा घटेको हो । सोही अवधिमा कम्पनीको चुक्तापूँजी ४० प्रतिशतले बढेर रू. ८३ करोड ४० लाख र जगेडा कोषको रकम १२ प्रतिशतले बढेर रू. ९७ करोड ११ लाख पुगेको छ ।

साथै कम्पनीको कात्तिक २४ गते सम्पन्न वार्षिक साधारणसाभाले २५ दशमलव ११ प्रतिशत नगद लाभांश मङ्सिर २७ गते वितरण गरेसकेको छ ।    

वर्गिकरणः वित्त कम्पनी
पछिल्लो व्यापार मूल्यः रू. ९९५
५२ हप्ताको उच्च व्यापार मूल्यः रू. २६८८
५२ हप्ताको न्यून व्यापार मूल्यः  रू. ८२९
१८० दिनको भारित औसत मूल्यः रू. १५०२.३३

कम्पनीका महत्वपूर्ण अनुपात

सञ्चालक समिति
अध्यक्षः भुवनेश्वरी पन्त
व्यवस्थापन समिति
प्रमुख कार्यकारी अधिकृतः रामचन्द्र जोशी
प्रधान कार्यालयः मध्य बानेश्वर, काठमाडौं
वेबसाइटः www.chhimekbank.org
शाखाः १२२
स्टक सङ्केतः सीबिबिएल

कम्पनीको महत्वपूर्ण वित्तीय परिसूचकहरू (रू. हजारमा)

कम्पनीको महत्वपूर्ण वित्तीय परिसूचकहरू (रू. हजारमा)

महत्वपूर्ण अनुपात

लाभांश विवरण

आधारभूत विश्लेषण
कम्पनीको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दाः    

  • चुक्तापूँजीको तुलनामा खुद नाफा २१ दशमलव २६ प्रतिशतबाट घटेर ९ दशमलव ६७ प्रतिशतमा सिमित भएको छ । कम्पनीको लगानी रू. ८२ लाख रहेको छ ।

  • कम्पनीले पहिलो त्रैमाससम्ममा रू. ९ अर्ब ५३ करोड १ लाख निक्षेप सङ्कलन गरी रू. १२ अर्ब ९९ करोड ९४ लाख कर्जा प्रवाह गरेको छ ।   

  • खुद ब्याज आम्दानी रू. ५८ करोड ५९ लाख, कर्मचारी खर्च रू. १७ करोड १८ लाख, अन्य सञ्चालन खर्च रू. २ करोड ३९ लाख र सञ्चालन नाफा रू. १२ करोड ६४ लाख रहेको छ ।

  • स्थिर सम्पत्ति ८ दशमलव ५५ प्रतिशतले बढेर रू. १६ करोड ८१ लाख ३२ हजार र अन्य सम्पत्ति ३२ दशमलव ३३ प्रतिशतले बढेर रू. १६ करोड ४४ लाख २८ हजार रहेको छ ।

  • पूँजीकोष लागत ९ दशमलव ४५ प्रतिशत र पूँजीकोष पर्याप्तता १३ दशमलव ८४ प्रतिशत रहेको छ । रू. ४५ लाख ६३ हजार खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएको छ ।

  • कम्पनीको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार प्रतिसेयर आम्दानी ३८ दशमलव ६९, मूल्य आम्दानी अनुपात ३७ दशमलव २२ प्रतिशत, तरलता अनुपात २३ दशमलव ४८ प्रतिशत र प्रति शेयर नेटवर्थ रू. २ सय १६ दशमलव ४३ रहेको छ । मङ्गलवारको शेयर मूल्य नेटवर्थको साढे ४ गुणा बढी छ ।

प्राविधिक विश्लेषण
खरीद चापः कम्पनीको बुधवार भएको सेयर कारोबारको अन्तिम समयसम्ममा विक्री चापको तुलनामा खरीद चाप ४ गुणा बढी भएको छ । सो अवधिसम्म २ हजार १ सय २८ कित्ता शेयर खरीद र ५ सय कित्ता शेयर विक्री गर्ने माग रहेको थियो ।  

बुधवार भएको शेयर कारोबार विवरणः

मैनबत्ती विश्लेषण


४ अक्टोबर २०१७                                ३ जनवरी २०१८

स्ट्याण्डर्ड डेभिएशन


४ अक्टोबर २०१७                                ३ जनवरी २०१८

आरएसआई


४ अक्टोबर २०१७                                ३ जनवरी २०१८

मुभिङ एभरेज


४ अक्टोबर २०१७                                ३ जनवरी २०१८

प्राविधिक विश्लेषण

  • मैनबत्ती विश्लेषणः कम्पनीको ६० दिनको सेयर कारोबार अवधिमा अन्तिम दिनमा सानो कालो मैनबत्ती बनेको छ । यसले आगामी दिनमा शेयर मूल्य घट्ने सङ्केत देखाउँछ ।

  • आरएसआईः कम्पनीको ६० दिनको कारोबारमा आरएसआई न्युट्रल जोन (३४ दशमलव शून्य ४ स्केल)मा छ । यसले शेयर खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ ।

  • स्ट्याण्डर्ड डेभिएसनः कम्पनीको ६० दिनको कारोबारमा स्ट्याण्डर्ड डेभिएसन १८ दशमलव शून्य ५ विन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।

  • मुभिङ एभरेजः कम्पनीको ६० दिनको कारोबारमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । २६ दिने मूल्यरेखा र १४ दिने औसत मूल्यरेखाभन्दा हालको मूल्य तल छ । हालको मूल्य रू. ९ सय ९५ देखि बजारमा अवस्था परिवर्तन भई मूल्य सस्तिएमा रू. ९ सय ८० मा टेवा पाउन सक्छ भने मूल्य महँगिएमा रू. १ हजार ३५ मा प्रतिरोध पाउन सक्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको