‘हिमालयन हाइड्रो एक्पो २०१८’ मा व्यवसायीको भिड [ फोटोफिचर]
शुक्रबार, २१ पुस २०७४, १८ : २२
मा प्रकाशित
अर्थ संसार, काठमाडौं–स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)ले आयोजनामा आजदेखि राजधानीको भृकुटीमण्डपमा ‘हिमालयन हाइड्रो एक्पो २०१८’ शुरु भएको छ ।
तीन दिनसम्म चल्ने ‘हिमालयन हाइड्रो एक्पो २०१८’ मेलामा स्वदेशी तथा विदेशी व्यवसायीहरको बाक्लो उपस्थिति रहेको छ । यस मेलाको आज एक कार्यक्रम बिच राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नु भएको छ ।
तीन दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा चीन, भारत, ब्राजिल, स्विडेन, इटली, दक्षिण कोरिया, नर्वेलगायतका मुलुकमा उत्पादन भएका जलविद्युत् क्षेत्रका नवीनतम प्रविधि तथा उपकरण राखिएका छन् । प्रदर्शनीमा करिब ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा राखिएको आयोजक संस्थाले जानकारी दिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस