नेपालमा अमेरिकी डलरको विनिमय दर नयाँ उचाइमा पुगेको छ। नेपाल राष्ट्र बैंकले आज निर्धारण गरेको दरअनुसार अमेरिकी डलरको खरिद मूल्य १३९.८३ रुपैयाँ र बिक्री मूल्य १४०.४३ रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च दर हो। यसअघि, माघ २४ गते खरिद मूल्य १३९.६५ रुपैयाँ र बिक्री मूल्य १४०.२५ रुपैयाँ कायम भएको थियो।
अन्य प्रमुख मुद्राहरूको विनिमय दर
डलरसँगै अन्य प्रमुख मुद्राहरूको मूल्य पनि बढेको छ।
युरोपियन यूरो (EUR) – खरिददर: १४४.९६ रुपैयाँ, बिक्रीदर: १४५.५८ रुपैयाँ
बेलायती पाउण्ड (GBP) – खरिददर: १७३.७८ रुपैयाँ, बिक्रीदर: १७४.५३ रुपैयाँ
स्वीस फ्र्याङ्क (CHF) – खरिददर: १५४.४९ रुपैयाँ, बिक्रीदर: १५५.१५ रुपैयाँ
अष्ट्रेलियन डलर (AUD) – खरिददर: ८७.६४ रुपैयाँ, बिक्रीदर: ८८.०१ रुपैयाँ
क्यानेडियन डलर (CAD) – खरिददर: ९७.४४ रुपैयाँ, बिक्रीदर: ९७.८६ रुपैयाँ
सिङ्गापुर डलर (SGD) – खरिददर: १०३.३६ रुपैयाँ, बिक्रीदर: १०३.८० रुपैयाँ
जापानी येन (JPY, प्रति १०) – खरिददर: ९.१७ रुपैयाँ, बिक्रीदर: ९.२१ रुपैयाँ
चिनियाँ युआन (CNY) – खरिददर: १९.१८ रुपैयाँ, बिक्रीदर: १९.२६ रुपैयाँ
विदेशी रोजगारका लागि खाडी मुलुक जाने नेपालीहरूका लागि यी दरहरू महत्वपूर्ण छन्।
साउदी रियाल (SAR) – खरिददर: ३७.२८ रुपैयाँ, बिक्रीदर: ३७.४४ रुपैयाँ
कतारी रियाल (QAR) – खरिददर: ३८.३५ रुपैयाँ, बिक्रीदर: ३८.५२ रुपैयाँ
युएई दिराम (AED) – खरिददर: ३८.०७ रुपैयाँ, बिक्रीदर: ३८.२३ रुपैयाँ
कुवेती दिनार (KWD) – खरिददर: ४५३.१२ रुपैयाँ, बिक्रीदर: ४५५.०६ रुपैयाँ
बहराइन दिनार (BHD) – खरिददर: ३७०.९० रुपैयाँ, बिक्रीदर: ३७२.४९ रुपैयाँ
ओमानी रियाल (OMR) – खरिददर: ३६३.१८ रुपैयाँ, बिक्रीदर: ३६४.७४ रुपैयाँ
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस