Like us!
Follow us!
Connect us!
Watch us!

प्रचण्डलाई शंकर पोखरेलको प्रश्न - सत्ता गुमाउँदाको छटपटी मात्र कि अरू केही ?

अर्थ संसार

शुक्रबार, २५ माघ २०८१, १० : २४ मा प्रकाशित

प्रचण्डलाई शंकर पोखरेलको प्रश्न - सत्ता गुमाउँदाको छटपटी मात्र कि अरू केही ?

नेकपा एमालेमा महासचिव शंकर पोखरेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बारम्बार बोली फेर्ने प्रवृत्ति यस पटक पनि देखिएको बताएका छन् ।

प्रचण्डले बिहीबार प्रतिनिधि सभा बैठकमा बोलेको विषयलाई लिएर पोखरेलले यस्तो बताएका हुन् । 

पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् -

सामाजिक संजाल नियमनको आवश्यकता वोध गरेर वर्तमान सरकारले संसदमा दर्ता गरेको विधेयकका सन्दर्भमा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष तथा विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले आजको प्रतिनिधि सभाको बैठकमा दिएको अभिव्यक्ति सुन्दा ६ महिना पहिले प्रधानमन्त्री रहेका पुष्पकमल दाहाल 'प्रचण्ड' र अहिले विपक्षी दलको नेता रहेका 'प्रचण्ड' एउटै हुन् कि फरक हुन् भन्ने गम्भीर आशंका उत्पन्न गराएको छ ।

विगतमा आफू प्रधानमन्त्री भएका वेलामा दुरुपयोग भयो भनेर टिकटक नै वन्दगर्ने निर्णय गरेका 'प्रचण्ड'ले टिकटक खोल्न अनुमति दिने सरकारलाई अभिव्यक्ति स्वतन्त्रता कुण्ठितगर्न खोजेको आरोप लगाउनु दिउसै रात पार्नु जस्तै हो ।

सोसल मिडियाको दुरुपयोग भयो भनेर सोसल मिडिया प्लेटफम नै वन्द गर्दा अभिव्यक्ति स्वतन्त्रताको रक्षा हुने अनि त्यसलाई संचालन गर्न दिएर नियमन गर्न खोज्दा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने हुन्छ र ? अवश्य हुदैन । तर आफ्नै मान्यताका विपरित पुष्पकमल दाहाल 'प्रचण्ड'ले सामाजिक संजाल नियमन सम्वन्धी संसदमा दर्ता भएको विचाराधिन विधेयकका सन्दर्भमा दिएको असन्तुलित र विरोधाभाषी अभिव्यक्तिको अन्तर्य के होला ? सत्ता गुमाउदाको छटपटि मात्र कि अरु केही ? 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको