नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले ल्याएको अध्यादेश पारित हुने बताएका छन् ।
एमाले विज्ञान प्रविधि विभागद्वारा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
पोखरेलले अहिले विरोध भयो भन्दैमा कुनै अन्योलमा नपर्न आग्रह गरे ।
उनले भने, ‘अब अध्यादेशको विरोध भयो भन्दैमा सबै प्रयास असफल हुन्छ भन्ने नठान्नुहोला । प्रमुख पार्टीहरूले सचेततापूर्वक ल्याएको हो । त्यसैले हामी जसरी पनि टुंग्याउँछौं । त्यो रोकिनेवाला छैन । अनेक विकल्पहरू छन् ।’
उनले सरकारले प्रविधि क्षेत्रको सुधारका लागि पनि काम गरिरहेको बताए ।
‘सरकारले एक दशलाई आईसीटीको दशक भनेर घोषणा गरेको छ । एक दशकमा कसरी के गर्ने भन्ने योजना बनाउन सकेको छैन । सरकारले घोषणा गरेको यो कार्यक्रमलाई कसरी प्रभावकारी बनाउनुपर्छ भनेर लागेका छौं । सरकारले अहिले अध्यादेशका माध्यमबाट पनि यो क्षेत्रलाई सम्बोधन गर्न कोसिस गरेको छ ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस