नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको २५ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ ।
राष्ट्र बैंकले शुक्रबार सूचना जारी गरी उक्त परिमाण बराबर रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने जनाएको हो ।
केन्द्रीय बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंक र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा उक्त परिमाण बराबर रकम निक्षेपमा लगानी गरिने छ । वाणिज्य बैंकमा २० करोड, विकास बैंकमा ३ करोड ७५ लाख र वित्त कम्पनीमा १ करोड २५ लाख निक्षेपमा लगानी गरिने छ ।
बैंकले २०८१ फागुन ६ गतेदेखि २०८२ फागुन ६ गतेसम्म कुल ३६६ दिनका लागि योग्य बैंक तथा वित्तीय संस्थामा उक्त रकम एफडी (मुद्दती निक्षेप) मा राख्ने भएको हो ।
फागुन ६ गते जारी हुने निक्षेपका लागि २०८१ माघ २८ गते बेलुका ७ बजेभित्र अनलाइन आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस