Like us!
Follow us!
Connect us!
Watch us!

बैंकहरुमा अधिक तरलता - फेरि ३० अर्ब खिच्दै राष्ट्र बैंक

अर्थ संसार

आइतबार, २७ माघ २०८१, ११ : ३३ मा प्रकाशित

बैंकहरुमा अधिक तरलता - फेरि ३० अर्ब खिच्दै राष्ट्र बैंक

राष्ट्र बैंकले आइतबार बैकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ खिच्ने भएको छ ।

बैंकहरुमा अधिक तरलता भएपछि सो बराबरको रकम तान्ने भएको हो । बुधबार पनि राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँ निक्षेप खिचेको थियो ।

केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण जारी गरि २१ दिनका लागि ३० अर्ब खिच्न लागेको जनाएको छ । यसका लागी  आजै दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ ।

बोल गर्न सकिने रकम घटिमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ । सावाँ तथा ब्याज भुक्तानी आगामी फागुन १८ गते तोकिएको छ भने यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुनेछ ।

राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ ।

बहु ब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको