Like us!
Follow us!
Connect us!
Watch us!

एफपीओ जारी गर्ने तयारीमा रहेको स्वरोजगार लघुवित्तले छ महिनामा कमायो ८ करोड ८० लाख नाफा, कति छ इपीएस ?

अर्थ संसार

सोमबार, २८ माघ २०८१, १२ : ०० मा प्रकाशित

एफपीओ जारी गर्ने तयारीमा रहेको स्वरोजगार लघुवित्तले छ महिनामा कमायो ८ करोड ८० लाख नाफा, कति छ इपीएस  ?

स्वरोजगार लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ८ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यो गत वर्षको यसैअवधिको तुलनामा १२४.६२ प्रतिशत बढी हो । गत वर्षको यसैअवधिमा संस्थाले ३ करोड ९१ लाख रुपैयाँ नाफा कमाएको थियो । 

यो अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २७ करोड ५१ लाख पुगेको छ । लघुवित्तको खुद ब्याज आम्दानी बढ्दा नाफामा वृद्धि आएको हो ।

लघुवित्तको  इम्पेयरमेन्ट चार्ज पनि बढेर ३ करोड ४६ लाख पुगेको छ । ६७ करोड ११ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा २६ करोड ७३ लाख रुपैयाँ जम्मा छ ।

दोस्रो त्रैमाससम्मको अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस)२६.२३ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ भने १६४ रुपैयाँ रहेको छ ।

कम्पनीले एफपीओ जारी गर्ने तयारी पनि गरेको छ । एफपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट कम्पनीले अनुमति पाइसकेको छ ।  बोर्डले माघ २७ गते  (हिजो) मात्रै संस्थालाई एफपीओ जारी गर्ने अनुमती दिएको हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको