Like us!
Follow us!
Connect us!
Watch us!

स्वरोजगार लघुवित्तले फागुन १८ गतेदेखि एफपीओ निष्काशन गर्ने

अर्थ संसार

मंगलबार, ०६ फागुन २०८१, ०९ : २० मा प्रकाशित

स्वरोजगार लघुवित्तले फागुन १८ गतेदेखि एफपीओ निष्काशन गर्ने

स्वरोजगार लघुवित्त वित्तीय संस्थाले फागुन १८ गतेदेखि एफपीओ निष्काशन गर्ने भएको छ। 

संस्थाले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँको १ लाख ९५ हजार ७७३ कित्ता शेयर निष्काशन गर्न लागेको हो। प्रतिकित्ता १०० रुपैयाँमा खरिद गर्न सकिने छ । एफपीओमा न्यूनतम १० देखि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

 लगानीकर्ताले फागुन १८ गतेदेखि फागुन २१ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिभित्र सम्पूर्ण कित्ता बिक्री नभएमा भने निष्काशन अवधि चैत ३ गतेसम्म लम्बिनेछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको